तास खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ न्यूरोडस्थित नविन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

तास खेलिरहेका उनीहरूलाई नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भइ पोखरा–८ न्यूरोड बस्ने ३२ वर्षीय नवीन गौचन, पोखरा–८ पृथ्वीचोक बस्ने ५४ वर्षीय सोमत तुलाचन, पोखरा–२ अर्चलबोट बस्ने ५३ वर्षीय बिराट केसी, म्याग्दीको अन्नपूर्ण–३ घर भइ हाल पोखरा–८ न्यूरोड बस्ने वर्ष ४९ वर्षीय कबिन तुलाचन, पोखरा–११ फूलबारी बस्ने ४६ वर्षीय अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने ४५ वर्षीय नरकाजी गुरुङ रहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति