पार्टी पुनर्गठन गर्ने बाबुरामको घोषणा (विज्ञप्ति)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन् ।

उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनैतिक रुपमा आफूलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरको घोषणाको घोर भत्र्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरको जनाएका छन् ।

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपमान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति