बुधबारसम्म संसद् बैठक स्थगित

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे । यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्को बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति