जसपाबाट निकालिए बाबुरामसहित ९ जना, अशोक राई संघीय परिषद् अध्यक्ष

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई कारबाही गरेर अशोक राईलाई सो जिम्मेवारी दिइएको छ । वीरगञ्जमा बसेको जसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको विधानविपरीत अराजक तरिकाले पार्टी कमजोर बनाउने काम गरेको भन्दै भट्टराईसहित ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले भट्टराईसहित हिसिला यमी भट्टराई, पूर्वमन्त्री महिन्द्र राय यादव, रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगा श्रेष्ठ, भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई कारबाही गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्यसमेत रहेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

सोमबार संघीय परिषद् अध्यक्ष डा.भट्टराईको नेतृत्वमा जसपाको ब्यानर दुरुपयोग गरिएको र विधानविपरीत झुन्डको भेला गरेको उनीहरुलाई अनुशासनको कारबाही गर्दै पदमुक्त गरिएको उनले बताए ।

अधिकारीले भट्टराईसहितका नेतालाई विधानविपरीत काम गर्दै आएकाले बहुमतको निर्णयका आधारमा कारबाही भएको बताए ।

पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा घात–अन्तर्घात गर्ने र पार्टी विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने तथा संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्नेलगायतका विषयमा निर्णय गरेको उनले बताए । उनका अनुसार संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अध्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति