काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा बनेका पोशाक मात्रै आफूले लगाउने घोषणा गरेका छन् । झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् ।
“परिवर्तन आफैँबाट गर्नुपर्ने रहेछ,” उनले भने, “म अब नेपालमा बनेको नेपाल उत्पादनका लुगा मात्रै लगाउँछु ।” बिहीबारको कार्यक्रममा उनी कुर्ता, सुरुवाल र इस्टकोट लगाएर उभिएका थिए ।
आफूले लगाएको परिहन सबै नेपालको मात्रै भएको बताउँदै उनले भने, “मैले अहिले लगाएको पहिरन पनि नेपालको मात्र हो ।” कपडा मात्र नभइ अन्य सामग्रीहरु पनि नेपालमा नै बनेको प्रयोग गर्ने उनले बताए ।
आफ्नो पार्टी नेपालमा बनेको सामग्रीहरुको प्रवर्द्धनमा लाग्ने पनि उनले बताए ।
प्रतिक्रिया