जनार्दन शर्मामाथि छानविनः संसदीय विशेष समिति सदस्य हेरफेर

काठमाडौं, ३० असार । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।

समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई उठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।

२२ असारमा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति