एमालेले भन्यो, ‘एम. अधिकारी गभर्नर होइनन्’

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम. अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गर्नुभएको छ ।

एम. अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर स्पष्ट पारिदिन बुधबार एमालेलाई पत्र पठाएका थिए । त्यही पत्रको जवाफ दिँदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाउनुभएको हो ।

गभर्नर अधिकारीलाई एमालेले पठाएको पत्रमा भनिएको छ– ‘यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चार माध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनि भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन । तसर्थ उक्त विभागमा उल्लेखित एम। अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु ।’

सात वर्ष अघि पनि अधिकारी र एमाले पत्राचार
पार्टीको सदस्यता रहे नरहेको बारे सात वर्षअघि पनि एमाले र गभर्नर अधिकारीबीच पत्राचार भएको थियो ।

२०७३ जेठ २५ मा भएको पत्राचारमा गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना विभागमा आफूसँग मिल्दोजुल्दो नाम गरेको व्यक्ति विभागको सदस्य भएकाले कथं कदाचित उक्त नाम आफ्नो भए हटाइदिन भन्दै एमालेलाई पत्राचार गर्नुभएको थियो ।

अधिकारीले पठाएको उक्त पत्रको २०७३ असार २० एमाले तत्कालिन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जवाफ दिँदै महाप्रसाद अधिकारीको विभागसँग सम्बन्ध नरहेको उल्लेख गर्नुभएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति