दिल्ली जाँदै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जाने भएका छन् । माओवादीका एक शीर्ष नेताका अनुसार अध्यक्ष प्रचण्ड सम्भवतः शुक्रबार नै दिल्ली जाँदै छन् ।

भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौँस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदै छ । यस भ्रमणबारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् ।

प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति