काठमाडौँ २९ असार : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले राजनीतिक दलहरूप्रति घृणा फैलाएर हिरो हुने प्रवृत्ति बढेको भन्दै दलहरुलाई नहेप्न चेतावनी दिएका छन् ।
काठमाडौंमा बुधबार मानवअधिकार एलायन्सद्वारा आयोजित कार्यक्रममा ओलीले राजनीतिक दलको कुनै विकल्प नभएको बताए । राजनीतिक दलहरूले लामो समय संघर्ष र योगदान गरेर परिवर्तन र रुपान्तरण गरेको भन्दै कुनै पनि राजनीतिक दलले सत्तामा पुगेर मानव अधिकार रक्षा गर्न सक्ने उनले बताएका थिए ।
गत वैशाखको स्थानीय तह र आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै उनले राजनीतिक दलहरूले परिवर्तन गर्नसक्ने बताएका थिए । साथै अहिले दलीय प्रणाली सर्वमान्य व्यवस्था रहेको उनको भनाइ थियो ।
स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै नेता ओलीले अहिले ुठूलो बन्नु र ुजान्ने हुनुका लागि दलहरूलाई गाली गर्ने चलन रहेको बताए । ुअहिले ठूलो बन्न र जान्ने हुनका लागि दलका नेतालाई गाली गर्नुपर्छ । यो राम्रो हैन । दलहरूको आवश्यकता हिजो पनि थियो । आज पनि छ र भोलि पनि हुन्छ, ओलीले बताए ।
प्रतिक्रिया