चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, २८ असार । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन् । काठमाडौंस्थित् होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए ।

यसअघि जियान्चाओले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति