प्रतिनिधिसभाको भोलि बस्ने बैठकको कार्यसूचीमा नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधि सभाको भोलि (बुधबार) बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची परेको छ ।

बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख छ ।

सो विधेयकमाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना राख्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति