आमनिर्वाचनमा उज्वल थापाले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ?

काठमाडौं । समाजसेवी उज्वलविक्रम थापाले आगामी आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने चर्चा छ ।

हाल कुनै पनि दलमा आवद्ध नरहेका समाजसेवी थापाले स्वतन्त्र उम्मेदवारी दिनेबारेमा फेसबुकमा पोष्ट गरेका छन् ।

उनले सोमबार स्टाटस लेख्दै भनेका छन्, ‘म पनि आउँदैछु, स्वतन्त्र भएर । सहयोग गर्नुहुन्छ ?’ यो स्टाटसमा सबैले निर्वाचनमा उम्मेदवारी दिन सुझाव दिएका छन् ।

थापाको उम्मेदवारी आउने अपेक्षा गरेकाहरुले सघाउने प्रतिवद्धता पनि जनाएका छन् । यो उनका लागि सकारात्मक सवाल पनि हो ।

तर, उनले मंगलबार स्टाटस लेख्दै राजनीति गर्नका लागि सेवा नगरिएको स्पष्टीकरण दिएका छन् ।

उनको मंगलबारको पोष्टले भने उम्मेदवार हुन नखोजेको देखाएका छ । उनले भनेका छन्, ‘सबैको इच्छा मत जित्नु नै हुँदैन, मन जित्ने इच्छा भएका मनुष्य पनि हुन्छन । सेवा यात्राबाट राजनीतिमा आउन लागेको होइन, स्वतन्त्र सेवक पनि हुन्छ उमेदवार मात्र होइन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति