चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ बालकोटमा, ओलीसँग भेटवार्ता

काठमाडौं, २८ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन् ।भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, ईश्वर पोख्रेल लगायत सहभागी छन् ।

यस्तै, उषा किरण भण्डारी , अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा संलग्न छन् ।

आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने अस्ति र हिजो माओवादी अध्यक्ष प्रचण्ड सङ भेट भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति