लागु औषधसहित सर्लाहीबाट दुई जना पक्राउ

जनकपुरधाम । सर्लाहीबाट प्रतिबन्धीत लागु औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका–२ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने विजय कुमार घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बिआर ३० एए ३३६५ नम्बरको मोटरसाइकललाई विशेष सूचनाको आधारमा चेक जाँच गर्दा झोलामा गम्छाले बेरी मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको अवस्थामा नाइट्राभेट ट्याब्लेट १५ सय चक्कीसहित यादवलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका यादवलाई कार्यालयमा लगेर सोधपुछ गर्दा यस कार्यमा घिमिरेसमेत संलग्न रहेको र उनको घरमा लागुऔषध राखेको भनेपछि घिमिरेको घरमा गइ खानतलासी गर्दा डाइलेक्स डिइको ९० बोतल बरामद भएको उनले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति