एन्जल्स एसइइ कप फुटसल भोलिदेखि

काठमाडौं, २७ असार । एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलोपटक फुटसल आयोजना गर्न लागेको बताए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोस्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने प्रिन्सिपल धनबहादुर पुनले जनाए ।

चारदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति