खुमलटार पुगेर चिनियाँ नेताले भेटे प्रचण्डलाई

काठमाडौं, २७ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् ।

‘नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज दिउँसो निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ,’ प्रचण्ड सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएकोे बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति