विचौलियाको खेल बन्दको माग गर्दै युवा संघले घेर्‍यो यातायात कार्यालय (फोटोफिचर)

काठमाडौं, २७ असार । एमालेनिकट युवा संघ नेपालले विचौलियाको खेल बन्दसहितको माग राखेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ ।

सवारी चालक अनुमतिपत्र वितरणमा लापरबाही, ढिलासुस्ती र विचौलियाको खेल बन्द गर्नुपर्ने माग गर्दै युवा संघले सोमबार कार्यालय घेराउ गरेको हो ।

कार्यालयमा रहेका विचौलियाले सेवाग्राहीलाई दुःख दिएको, लाइसेन्स वितरणमा ढिलासुस्ती जस्ता लापरबाहीको अन्त्यको माग राखेर संघले कार्यालयमा धर्नासहित ध्यानाकर्षण गरेको हो । साथै कार्यालय प्रमुखलाई मागसहितको ज्ञापनपत्र पनि संघले बुझाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति