कालिकोटमा पाँच तले घर भत्किँदा छ जना घाइते

कालिकोट, २७ असार । कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् ।

घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।
प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति