काठमाडौं । नेपाल आदवासी जनजाति महासंघले पहिचानका आधारमा प्रदेश नं. १ को नामाकरण गर्नुपर्ने बताएको छ ।
प्रदेश १ ले चालु संसद अधिवेसनबाट नामाकरण टुंग्याउने प्रदेश सरकारको तयारी छ । यस्तो तयारी भइरहँदा सरकार पक्षका नेताहरुले ऐतिहासिक पहिचानलाई मेटेर नामाकरण गर्नुपर्ने लगायतको प्रस्ताव सार्वजनिक गरेसँगै जनजाति महासंघले आपत्ति जनाएको हो ।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै ऐतिहासिकताका आधारमा प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया