लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग सोल्टी होटलमा डिनर

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् ।

चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।

मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कने छन् । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति