सिपीसीका नयां विदेश विभाग प्रमुख काठमाडौंमा, पश्चिमा र दक्षिणी छिमेकी शसंकित

काठमाडौं २६ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आएका छन्। चार दिने भम्रणमा उनी आइतबार बिहान नेपाल आइपुगेका हुन्।
उनले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का‚ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ।
उनले जून पहिलो साता सीपीसीको विदेश विभाग प्रमुख भएका हुन्। गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं  विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो। 
परराष्ट्र स्रोतका अनुसार लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार साँझ मेरियट होटलमा रात्रिभोजको आयोजना समेत गरेका छन् । चीनको विदेश नीति र सम्बन्धमा सीपीसी विदेश विभागले महत्त्वपूर्ण भूमिका राख्छ । त्यसको कारणले पनि लिउको भ्रमणलाई प्राथमिकताका साथ हेरिएको छ ।

सि विचारधारावारे काठमाडौंमा भएको गोष्ठी २०२०

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए । नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्नटनरसिप प्रोग्राम ९एसपीपी० अस्विकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।

नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । पहिलो दिन कांग्रेसका नेता र प्रधानमन्त्रीलाई भेटेपछि लिउले दोस्रो दिनबाट राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य कम्युनिष्ट नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउ केही दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउको नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको थियो । यस्तै, लिउले असार १६ मा कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग द्वीपक्षीय भर्चुअल संवाद गरेका हुन् ।

नेपालमा २०७४ को निर्वाचनयता ५ वर्षमा फेरि संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । २०७४ मा निर्वाचन हुनु एमाले र माओवादी केन्द्रलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि नेकपा बन्नको लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको थियो । तर चिनियाँ पक्षको सहयोग र सद्भावबीच नेकपा फुटेर पहिलेकै अवस्थामा आइपुग्यो । र, नेपालमा चीनले चाहेको कम्युनिष्ट नेतृत्वको सरकार ढल्यो । चीनले लगातार रुपमा नेपालमा कम्युनिष्टहरु मिल्नु पर्छ भन्दै आइरहेको छ । तर चीनको चाहनाअनुसार नेपालमा तत्कालै वाम एकता हुने सम्भावना निकै पातलो छ । सोतका अनुसार चिनिया खुलेआम सक्रियताले वाम एकता नचाहने शक्तिहरुलाई थप सक्रिय बनाएको छ । तत्कालीन केपी ओली सरकार बदलेर देउवा नेतृत्वको गठबन्धन सरकार बन्ने बेलामा प्रचण्ड र माधव नेपालले आगामी दिनमा कुनै पनि हालतमा एमालेसंग नमिल्ने प्रतिवद्धता जनाएका कारण पनि अहिले नै वाम एकता हुन कठिन छ । चिनिया नेताको नेपाल भ्रमणको समाचारसंगै पश्चिमा शक्ति केन्द्र र दक्षिणी दूतहरुले प्रचण्ड र अ‍ोलीलाई घेरा हालेको ती पार्टीका उच्चस्तरीय नेताले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति