राष्ट्रपति भण्डारीबाट बकर इदको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरुमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठुलो चाडको रुपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचारको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरिन् ।

“नेपाली समाज विविध जातजाति, भाषभाषी र संस्कृतिहरुको सुन्दर फूलबारीको रुपमा रहेको छ । यही विविधताका बीच एकता हाम्रो राष्ट्रिय पहिचान र सामार्थ्य हो,” राष्ट्रपतिको शन्देशमा भनिएको छ, “यस्ता चाडपर्वहरुको माध्यमबाट फरक भूगोल, संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भइ नेपालीको बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्धत पुग्ने मैले विश्वास लिएको छु ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति