चौतर्फी विरोधपछि पछि हटे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक कदम पछि हटेका छन् । चौतर्फी आलोचना भएपछि र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् ।

उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।

‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्।

यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए।

उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताएका थिए।

यसरी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भएको थियो। विरोधपछि महानगरपालिकाको बजेट प्रयोग गरी सालिक बनाउने निर्णयबाट उनी पछि हटेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति