उच्च अदालत तुलसीपुरकी न्यायाधीश शाहलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

काठमाडौँ। उच्च अदलत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाहलाई न्याय परिषद्ले बर्खास्त गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले शाहलाई अयोग्यता लुकाएको आरोपमा बर्खास्ता गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेको कारणले पदबाट बर्खास्त गरिएको हो । शाहले छानबिनबाट अयोग्यता लुकाएको प्रमाणित भएकाले न्याय परिषद् ऐनको दफा २५ अनुसार बर्खास्त गरिएको उनले बताए ।

उच्च अदालतको न्यायाधीश हुनलाई कानुनमा स्नातक पास गरी कम्तीमा १० वर्ष वकालत हुनु पर्ने छ ।

२०७५ चैत १९ मा उनलाई नियुक्ति गरिएको थियो । नियुक्ति हुनुअघि उनले आफ्नो प्रमाणपत्र पेस गरेकी थिइन् । तर, छानबिनको क्रममा उक्त प्रमाणपत्र झुटो ठहरियो ।

शाह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति