कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

काठमाडौँ । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।

कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ ।

साउन १२ भित्र आवेदन दिनुपर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति