काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई तोकिएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले बिहीबार डीआईजी राईलाई प्रहरी प्रवक्ता तोकेका हुन् ।
नेपाल प्रहरीमा व्यावसायिक छवि बनाएका डीआइजी राई अध्ययनशील प्रहरीमध्येमा पर्दछन् ।
संयुक्त राष्ट्रसंघमा नेपाल प्रहरीको गरिमालाई उच्च बनाउन राईको कमाण्डमा खेलेको भूमिकाले नेपाल प्रहरीको साखसमेत जोगिएको इतिहास छ ।
प्रहरी प्रवक्ताको भूमिकाबाट प्रहरीले निर्वाह गरेको भूमिका, कार्यसम्पादन र जनउत्तरदायी प्रहरीको सवाललाई आमनागरिकमा सन्देश पुर्याउन राईले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया