चन्द्रागिरी केबलकारमै अड्किए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं । चन्द्रागिरी केबलकार चढेर चन्द्रागिरी जाँदै गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना केबलकारमा अड्किएका छन् ।

तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो ।

विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ।

‘राष्ट्रियसभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको हो। अहिले उहाँ माथि पुगिसक्नुभएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने, ‘जेनेरेटरबाट अरू अड्किएका केबलकार पनि चलाउने काम भइरहेको छ।’

विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरू आधा घन्टासम्म केबलकारमा बीच बाटोमै अड्किएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति