महिला युरो च्याम्पियनसिप आजबाट

काठमाडौं, २२ असार । यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ बुधबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले अष्ट्रियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरु हुनेछ ।

चार समूहमा विभाजित प्रतियोगितामा १६ राष्ट्रको सहभागिता छ । समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रिया, नर्वे र नर्दन आयरल्यान्ड छन् । यस्तै समूह ‘बी’मा स्पेन, जर्मनी, डेनमार्क र फिनल्यान्ड छन् । यता, समूह ‘सी’ मा स्विडेन, नेदरल्यान्ड, पोर्चुगल र स्विट्जरल्यान्ड छन् । समूह ‘डी मा फ्रान्स, इटाली, बेल्जियम र आइसल्यान्ड छन् ।

प्रतियोगिताको उपाधि दावेदारको रुपमा नेदरल्यान्ड, घरेलु टोली इंग्ल्यान्ड र फ्रान्सलाई हेरिएको छ । फाइनल खेल ३१ जुलाईमा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति