लमजुङका ३७ घरेलु उधोग खारेज

लमजुङ, २२ असार । लमजुङका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि २१ असारसम्ममा खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले जानकारी दिइन् ।

थापाका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएका छन् । यसै अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष ०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएका थिए भने ३६९ उद्योग नवीकरण भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति