माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दै छ ।

आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याउने निर्णय गरेको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए । माओवादीको बैठक आइतबारदेखि काठमाडौँमा जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति