शिकागोमा स्वतन्त्र दिवसको परेडमा नरसंहार, २२ वर्षीय संदिग्ध पक्राउ

शिकागो, २१ असार (एजेन्सी) । अमेरिकाकाे सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्या संलग्न  एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ ।

इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेका थिए । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।

 आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यततत्र छोडेको देखिन्छ । गोलाबारीमा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो सामूहिक गोलाबारी हो । पछिल्लो हमलाबाट आफू स्तब्ध भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति