काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अघि आज नेपाल र क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल विगत एक सातायता क्यानडा भ्रमणमा छ ।
अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्यान्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानडामा रहेको हो ।
क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।
क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्यान्डमा नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्ने छ ।
प्रतिक्रिया