प्रदेश १ मा एमालेकी हिमा बस्नेत सांसद् नियुक्त

काठमाडौँ । नेकपा (एमाले) सांसद् गुलेफुन खातुनको स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद् नियुक्त भएकी छन् ।

सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोसी ठहर भएपछि समानुपातिक सांसद् खातुनले राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसद्‍मा नियुक्त भएकी हुन् ।

बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद् नियुक्त भएको पत्र दिएको नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सांसद्को कार्यकाल चार महिना बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति