माओवादी केन्द्रीय समिति बैठक आज पनि, प्रदेश कमिटीले रिर्पोटिङ गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दै छन् ।

पहिलो दिन बागमती र उपत्यका विशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशको रिर्पोटिङ भने सोमदेखि सुरु हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको टिप्पणी तथा स्थानीय तहको निर्वाचनको समीक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका विषयमा प्रदेशअनुसार रिर्पोटिङ जारी छ ।

आइतबारको बैठकमा छलफलका लागि ९ बुँदे प्रस्ताव पेस भएका छन, सोही आधारमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति