बढुवा भएका १७ डिआइजीको पदस्थापन, को कहाँ (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुको पदस्थापन गरेको छ ।

गृहमन्त्रीस्तरको असार १९ गते निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका १७ जनाको पदस्थापन गरिएको हो ।

उनीहरुलाई आइतबार नै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

पदोन्नतिपछि दर्ज्यानी चिन्ह प्राप्त गर्ने डिआइजीमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

अहिले प्रहरी डिआइजीमा बढुवा भएका १७ मध्ये चार महिला छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति