नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको बताएका छन् ।

काठमाडौँमा आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाव निरन्तर बढिरहेको उल्लेख गरेका हुन् ।

देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी रहेको भन्दै प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘राष्ट्रिय राजनीति विशिष्ट अवस्थामा छ । प्रतिगमनकारी षड्यन्त्र र चलेखल अझै पनि जारी छ । स्थानीय तहको निर्वाचन र त्यसको परिणामले संविधान र लोकतन्त्रको सुदृढीकरण एवं कार्यान्वयनमा महत्वपूर्ण योगदान दिएको छ । स्वभावैले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा कस्तो खाले मोर्चा, गठबन्धन र तालमेल हुन्छ आमचासोको विषय बनेको छ । यो नयाँ र सकारात्मक स्थितिका बाबजुद देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी छ । आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेर गएको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति