लोसपा निर्णय : फाइदा पुग्ने दलसँग गठबन्धन

काठमाडौं, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चुनावमा जुन दलसँग गठबन्धन गर्दा पार्टीलाई फाइदा पुग्छ उहीसँग गर्ने निर्णय गरेको छ । 

दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भन्दै लोसपाले जोसँग गर्दा फाइदा हुन्छ उहीसँग गठबन्धन गर्ने आइतबार सम्पन्न लोसपाको कार्यकारिणी समिति बैठकले निर्णय गरेको हो । 

त्यस्तै बैठकले यसै साता केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको छ । लोसपाले मत अभावका विषयमा सरकारो ध्यानाकर्षणका लागि प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति