एमालेले बनायो चुनावमा भएका अन्तरघातको छानबिन गर्न समिति

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावमा भएका अन्तरघातबारे छानविन गर्न समिति गठबन गरेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताए । तर, आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा नआएको बताउदै गुरुङले अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भएको बताए ।

‘त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने, ‘असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति