वामदेवलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा

काठमाडौं, १९ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ ।

सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कसन गरेको भन्ने खबर सत्य नभएको बताएका छन् ।

‘अभियानका नौजना सचिवालय सदस्यहरूमध्ये युवराज सफलले ०७९ असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र १७ असारमा संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ।’ पाण्डेले भने । सञ्चारमाध्यमले सफल नेतृत्वको सचिवालय बैठकले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने गलत समाचार भएको उनको भनाइ छ ।

साथै, गौतमसमक्ष सफलले राजीनामा दिएको पत्र प्रचार विभाग प्रमुख पाण्डेले सार्वजनिक गरेका छन् । गौतम नेतृत्वको अभियानमा संलग्न हुन आएका आधुनिक नेपाल समाजवादी पार्टी नेकपा (राष्ट्रवादी), आमनेपाली पार्टीका प्रमुखहरूलाई अन्य दलसँग वार्ता गर्न गठन गरिएको वार्ता टोलीमा गौतमले समावेश नगरेको तथा सचिवालय गठन गर्दा उक्त पार्टीका नेताहरूलाई नराखेपछि राजीनामा दिएको सफलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति