नेपाल प्रहरीद्वारा ४७४ असईको माग

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ ।

आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४४३ जना प्रहरी सहायक निरीक्षका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।

गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना प्रहरी सहायक निरीक्षक माग गरेको भए पनि त्यसमा ७६ जना थप गरी ४४३ जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

यसैगरी, गत २०७८ मंसिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतबार भने नेपाल प्रहरीले त्यसमा ५०३ जना थप गरी २ हजार ४७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति