काठमाडौँ । स्थानीय निर्वाचनको थप समीक्षालगायत विषयमा नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा निर्वाचनको गहन समीक्षा, आगामी निर्वाचनको प्रारम्भिक तयारीका विषयमा छलफल, केही नेताहरुको जिम्मेवारी हेरफेर र विभागहरुमा मनोनयनलगायत विषयमा छलफल हुने बताइएको छ ।
सचिवालयका एक नेताका अनुसार केही विभागहरुका सचिव पनि आज तोकिँदै छन् ।
प्रतिक्रिया