काठमाडौ । नेकपा माओवादी (केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले बुधबार काठमडौमा धान रोपेर असार १५ अर्थात धान दिवश मनाएको हो ।
काठमाडौको तारकेश्वर स्थित एम। डि। एस बहुउद्धेशिय कृषी केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका बिध्यार्थीहरुसँगै धान रोपेर क्रान्तिकारीले धान दिवश मनाएको हो ।
अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरुले धान रोपेर असार १५ मनाएको अखिल९क्रान्तिकारी०का नेता यादव ढुङ्गानाले बताए ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।नेपाली कृषकहरु वर्षभरका लागि खाध्यान्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिने चलन छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने प्रचलन रहि आएको छ ।
गर्मीको यो समय रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्ने गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा छ ।
औपचारिक रूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नु धेरै अघि देखी नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति रहिआएको छ ।
माओवादी केन्द्र (काठमाडौ निर्वाचन क्षेत्र ५ की इन्चार्ज कल्पना शर्माले संयोजन गर्नुभएको कार्यक्रमा एम. डि.एस कृषी केन्द्रका संचालकहरु सहित विभिन्न आाधा दर्जन स्कुलका बिध्यार्थी र शिक्षहरु समेत सहभागी रहेको विद्यार्थी नेता ढुंगानाले जानकारी दिए ।
प्रतिक्रिया