बामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं । नेकपा एमाले छाडेका राष्ट्रियसभा सांसद वामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी गठन गरेको जानकारी गराउने भएका छन् ।

गौतम नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) रहने उनी निकट स्रोतले बताएको छ ।

यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए । अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।

एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए। २०५४ साल एमाले विभाजन गरेर उनी नेकपा मालेका महासचिव बनेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति