पेस्तोलसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं । पेस्तोलसहित काठमाडौंबाट दुईजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिहान २ बजेको समयमा ती व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मित्रनगरस्थित एउटा खाजाघरमा बसेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रभाग गोंगवु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीद्वारा शंकास्पद अवस्थामा काठमाडौंकै ४२ वर्षीय जोयल थापा र नवलपरासी बर्दघाटका ३० वर्षीय राजु विक पक्राउ परेको महानगरी प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, एक थान गोली र एक थान खोका बरामद भएको छ ।

पक्राउ परेका जोयल थापा र राजु बिकबारे थप अनुसन्धान भइरहेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति