रविभवनमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं, १२ असार । काठमाण्डौको रविभवनमा हिजो बेलुका भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

त्यसपछि अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसमा मोटरसाइकल पुनः ठोकिएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ७ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका–७ का ३१ वर्षीय राजु दुतराजको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा गएको मध्यराती मृत्यु भएको हो । 

दुर्घटनामा संलग्न दुबै बसका चालकलाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको  छ ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति