दोस्रो विश्वयुद्धको समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

काठमाडौँ । दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको हो ।

स्यामी बी भनेरसमेत चिनिने उक्त जहाजलाई जुन २३ मा टेक्सासका अन्वेषक भिक्टोर भेस्कोभोलेले पत्ता लगाएका हुन् । भेस्कोभोलेले विश्वको गहिरो बिन्दुहरूमा आफ्नो अभियान पूरा गरिसकेका छन् ।

उक्त पनडुब्बी फिलिपिन्स सागरमा ६ हजार ९८५ मिटरको गहिराइमा थियो । जहाज लगभग ८० वर्षपछि फेला परेको हो । यो युद्ध ताका सन् १९४४ को अक्टोबरमा फिलिपिन्स सागरमा खसेको थियो ।

यामाटोसहित तीन जापानी युद्धपोतविरुद्धको वीरतापूर्ण लडाइको लागि यो जहाजलाई सम्झिइन्छ । उक्त अमेरिकी जहाजमा चालक दलका २२४ सदस्य थिए, जसमध्ये ८९ जनाको मृत्यु भएको थियो। क्याप्टेन रोबर्ट डब्ल्यू कोपल्यान्ड बाँचेका मध्ये एक थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति