प्रधानमन्त्री हुने मौका मिले देशमा रहेका विसंगतिमाथि प्रहार गर्दै राम्रा काम गर्नेः प्रचण्ड

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौका मिल्यो भने फेरि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन्।

आज नेपाल पर्वतारोहण संघले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै वितेको बताए भने दोस्रो पटक प्रधानमन्त्री बन्दा केही सुधारका काम गरेको बताए।

‘पहिलोचोटी प्रधानमन्त्री हुँदा झिलिमिली झिलिमिलीमै गयो। सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिना वितिहाल्यो,’ उनले भने, ‘दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै सुधार गरेको हो त्यसमा गर्व छ।’

उनले तेस्रो पटक प्रधानमन्त्री हुने मौका मिले देशमा रहेका विसंगतिमाथि प्रहार गर्दै राम्रा काम गर्ने बताए। ‘तपाईंहरूको आशीर्वाद हुने हो भने अर्कोपटक मैले देशको नेतृत्व गर्ने मौका पाए देशमा देखा परेका तमाम विसंगतिमाथि प्रहार गर्दै देशलाई अगाडि लैजानुपर्छ भन्ने मेरो मनभित्र छ,’ उनले भने, ‘किनकी मेरो नेतृत्वमा परिवर्तन ल्याउन धेरैको बलिदान भएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति