इलेक्ट्रिक सवारी साधनको रिसेल भ्यालु शुन्य

काठमाडौं, ९ असार । पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै नेपालको अटोमोवाइल क्षेत्रमा इलेक्ट्रिक सवारी साधन मुख्य आकर्षणमा देखिएको छ । यसको क्रेज बढ्ने क्रमलाई सरकारले लिएको पछिल्लो नीतिले पनि सहयोग भए तापनि विद्युतीय साधनमा भएको ब्याट्रीको लाइफ साइकल तथा रिसेल भ्यालुका बारेमा भने एकचोटी सोच्नु नै पर्ने हुन्छ ।

सामान्यतया विद्युतीय कारको रिसेल भ्यालु आइसी इन्जिन कारको तुलनामा २५ प्रतिशत कम हुने देखिएको छ। यसको मुख्य कारण विद्युतीय कारमा प्रयोग भएको ब्याट्रीको मात्र लागत ४० प्रतिशतभन्दा धेरै हुन्छ। विद्युतीय सवारीमा प्रयोग भएको ब्याट्रीका आयु भनेको ८ वर्षसम्ममा त्यो भन्दा केही बढीमात्र हुन्छ।

यही कारणले गर्दा विद्युतीय साधनको रिसेल भ्यालु शुन्य नै रहने देखिन्छ । ईलेक्ट्रिक साधनका उपभोग्ताले अब साधनलाई युज एण्ड थ्रो का लागि मात्र लिने सोच बनाउँनुपर्ने देखिन्छ । यदि रिकन्डिशनमा बेच्नु नै पर्दा पनि निकै न्यून भ्यालु पाउन सक्ने वा ईलेक्ट्रिक साधनको रिकन्डिशन नै पाउन समेत गार्‍हो पर्न सक्छ ।

तर संसारभरका विद्युतीय सवारी उत्पादक तथा अन्त्य उर्जासम्बन्धी कम्पनीहरू लिथियम आयन ब्याट्रीको रिसाइकल गर्ने विषयमा ठूलो धनराशि खर्चिएर अध्ययनमा लागेका छन्। यसमा सफलता पाएमा भने यसको बारेमा केही राम्रो नतिजा देख्न सकिन्छ ।यस्तै चार्जिङ स्टेसन निर्माणको विषय पनि एक टाउको दुःखाइ हुनसक्छ। किनभने विद्युतीय कारको विस्तारका लागि चार्जिङ पूर्वाधारको विकास अनिवार्य सर्त नै हो। यसमा नेपाल सरकार तथा सम्बन्धित कम्पनी कसरी बढ्छन् भन्ने हेर्न बाँकी नै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति