नेपाल प्रहरीका १७ एसएसपी डिआइजी बढुवामा सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु बसन्त कुँवर, टेकप्रसाद राईलगायत १७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।

यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका बसन्त पहिलो नम्बरमा सिफारिस भएका छन् । बढुवा सूचीमा ४ जना महिला एसएसपी पनि अटाएका छन् ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति