ट्रकमा लागेको आगो घरमा सल्कियो

धनगढी, ६ असार । कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ४ स्थित सडकमा रोकिराखेको ट्रकमा लागेको आगो फैलिएर घरमासमेत पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सडक कालोपत्रे गर्ने खोटो बोकेको ट्रकमा आगो लागेको थियो । सो आगो नियन्त्रण हुन नसक्दा नजिकैको घरमा पनि फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुसार आगलागी कसरी भयो भनेर छुट्याउन सकिएको छैन ।

‘आगो नियन्त्रणका लागि भीमदत्त नगरपालिकाको दमकल सहित, प्रहरी, स्थानीय वासी र सेनाको टोली घछना स्थल पुगेको छ,’ उनले भने ‘तर आगो नियन्त्रणमा आएको छैन ।’ करिव आधा घण्टादेखि सो क्षेत्रमा आगलागी भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति